ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

साबिक सानिमा लाइफ इन्स्योरेन्सले सार्वजनिक गर्‍यो बोनस दर, अघिकतम ७० रुपैयाँसम्म वितरण गर्ने

२०८० भदौ, २२  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । साबिक सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष (आव) ०७८/७९ को बोनस दर सार्वजनिक गरेको छ ।

हाल रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स एक भई सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट कारोबार भइरहेको छ । यी दुई कम्पनीले गाभ्ने/गाभिने प्रक्रिया पूरा गरी २०७९ चैत ९ गतेदेखि एकीकृत कारोबार शुरू गरेका हुन् । 

साबिक सानिमा लाइफ इन्स्योरेन्सले भदौ १९ गते नेपाल बीमा प्राधिकरणबाट स्वीकृत गराई नयाँ बोनस दर लागू गरेको छ । 

आर्थिक वर्ष ०७८/७९ को मुनाफामा सरिक हुने गरी उक्त अवधिको लागि प्रतिवर्ष प्रतिहजार बीमाङ्क रकममा अधिकतम ७० रुपैयाँसम्म बोनस वितरण गर्न कम्पनीले अनुमति पाएको हो । कम्पनीले विभिन्न सात बीमालेख जारी गरेको छ । 

सावधिक जीवन बीमा योजना (रेगुलर)मा कम्पनीले न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दिने भएको छ । यो योजना १३ हजार ९५२ ओटा जारी भएको कम्पनीले जानकारी दिएको छ । 

त्यस्तै सावधिक जीवन बीमा योजना (एकल)मा कम्पनीले न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्मको बोनस दर कायम गरेको छ । सावधिक जीवन बीमा योजना (एकल) हालसम्म ७९६ ओटा जारी भएको छ । कम्पनीले त्रिपल सावधिक बीमा योजना पनि ७९६ ओटा नै विक्री गरेको छ । 

यस योजनाका लागि भने कम्पनीले न्यूनतम २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँसम्मको बोनस दर निर्धारण गरेको छ । दम्पति सावधिक बीमा योजनामा पनि कम्पनीले न्यूनतम २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँसम्म बोनस दिने कम्पनीले घोषणा गरेको छ । 

दम्पति सावधिक बीमा योजना २ हजार ७२ ओटा जारी भएको कम्पनीले जानकारी दिएको छ । सावधिक तथा आजीवन बीमा योजनामा कम्पनीले अधिकतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दिने भएको छ । कम्पनीले २ हजार ९९९ ओटा सावधिक तथा आजीवन बीमालेख जारी गरेको छ । 

कम्पनीले जारी गरेको अग्रिम भुक्तानी योजनामा न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ४२ रुपैयाँ र वार्षिक अग्रिम भुक्तानी योजनामा न्यूनतम १९ रुपैयाँदेखि अधिकतम २१ रुपैयाँसम्मको बोनस दर तय गरिएको छ । 
अग्रिम भुक्तानी योजना १ हजार ४२४ ओटा र वार्षिक अग्रिम भुक्तानी योजना ४ हजार ६३५ ओटा जारी भएको कम्पनीले जानकारी दिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)