ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिनर्जी पावर डेभलपमेन्टको हकप्रद शेयर खरीदका लागि करीब ४५ प्रतिशत आवेदन

आइतवारसम्म आवेदन दिन पाइने

२०८० भदौ, २२  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । यही भदौ ३ गतेदेखि विक्रीमा आएको सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको ५० प्रतिशत हकप्रद शेयर खरीदका लागि करीब ४५ प्रतिशत मात्र आवेदन परेको छ । भदौ २१ गतेसम्मको तथ्यांकअनुसार ३८ हजार ४७८ जना शेयरधनीहरूले १८ लाख १२ हजार ६२९ कित्ता हकप्रद शेयर खरीद माग गरेका छन् । कम्पनीले आगामी आइतवार (भदौ २४ गते)सम्मका लागि मात्र यो हकप्रद शेयर विक्रीमा ल्याएको हो । 

हकप्रद शेयर खरीदका लागि परेको आवेदनको अवस्थालाई हेर्दा बाँकी रहेको अवधिभित्र सम्पूर्ण कित्ता माग हुने सम्भावना कम देखिन्छ । पछिल्लो समय हकप्रद शेयरप्रति लगानीकर्ताको आकर्षण कम हुँदै गएको छ । 

कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि साउन १२ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा साउन ११ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । 

कम्पनीले हाल कायम चुक्ता पूँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँको २ः१ अनुपातमा अर्थात् ५० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद शेयर निष्कासनमा ल्याएको हो । हकप्रद शेयर निष्कासनपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब २० करोड ९८ लाख रुपैयाँ कायम हुनेछ । 

शेयरधनीहरूले यो हकप्रद शेयर खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सदस्य प्राप्त बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरूबाट आवेदन दिन सक्नेछन् । त्यस्तै सीडीएससीको मेरो शेयर एपबाट पनि हकप्रद शेयरमा आवेदन दिन सकिनेछ । 

हकप्रद शेयर विक्री प्रबन्धकमा सानिमा क्यापिटल छ । कम्पनीले हकप्रद शेयर निष्कासनबाट प्राप्त हुने रकम ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ एपेक्स मकालु हाइड्रोपावर लिमिटेडद्वारा प्रवद्र्धित मध्य होङ्गु खोला ए जलविद्युत आयोजनामा उपयोग गर्ने जानकारी गराएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)