ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

माण्डु हाइड्रोपावरको आईपीओ आइतवार बाँडफाँट हुने, कति जनाले पाउलान शेयर ?

२०८० भदौ, २३  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडको आईपीओ भोलि (आइतवार) बाँँडफाँट हुने भएको छ । विक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आईपीओ भोलि भदौ २४ गते बिहान ९:३० बजे बाँडफाँट हुनेछ । 
कम्पनीको आईपीओमा अन्तिम दिनसम्ममा ९ लाख ८० हजार ५३ जनाले १ करोड ६ लाख ९५ हजार ३३० कित्ता शेयर खरीदका लागि आवेदन दिएका थिए । जुन माग भन्दा ८ दशमलव ८७ गुणा बढी हो । यस आधारमा कम्पनीको आईपीओ  १ लाख २० हजार ५३२ जनाले आवेदकले १० कित्ताका दरले पाउनेछन् । 

कम्पनीले भदौ १० गते देखि १३ गते सम्म सर्वसाधारणको लागि १२ लाख ५ हजार ३२० कित्ता शेयर प्रिमियम मूल्यमा निष्कासन गरेको थियो । कम्पनीले अंकित मूल्यमा १०६ रुपैयाँ थप गरी प्रतिकित्ता २०६ मा आर्ईपीओ निष्कासन गरेको हो । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)