सीईओको तलबसुविधाका सम्बन्धमा ल्याएको निर्देशिका राष्ट्र बैंकले ५ घण्टा पनि टिकाउन सकेन । शुक्रवार दिउँसो ३ बजे जारी निर्देशिकामा सीईओको तलब अघिल्लो वर्षको कुल सम्पत्तिको ०.०१५ प्रतिशतभन्दा बढी लिन नपाउने उल्लेख थियो ।
तर, बैंकले सोही दिन बेलुका ८ बजे पुन: अर्को निर्देशिका तयार गर्यो, जसले ०.०१५ प्रतिशतको सीमालाई बढाएर ०.०२५ पुर्याएको छ । आफैले गरेको निर्णय ५ घण्टामा परिवर्तन गर्नुले निर्देशिका राष्ट्र बैंकले हचुवाका भरमा तयार गरेको र पछि केही पक्षको अदृश्य दबावका कारण निर्णय पुन: सच्याएको देखिन्छ । राष्ट्र बैंकका एकजना सञ्चालकले अभियानसँग भने, ‘यसले नियामक राष्ट्र बैंकको व्यवस्थापकीय क्षमताको अभाव प्रष्टै देखिएको छ ।’
वर्ष ६, अंक ६८ सोमवार, १३ मंसिर, २०६७