ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रोजगारीका नाममा गलत सूचना प्रवाह बढ्यो : विभाग

२०८० भदौ, २४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। वैदेशिक रोजगार विभागले विदेशमा आकर्षक रोजगारी पाइने भन्दै गलत सूचना प्रवाह हुने क्रम बढेको बताइएको छ । विभागले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगारीमा जान खोज्ने जो कोहीले विभागको आधिकारिक बेबसाइटमा राखिएका कामदार माग सम्बन्धी सूचनाको आधारमा मात्र निर्णय लिन आग्रह गरेको छ । केही दिनअघि सामाजिक सञ्जालमा जर्मनीमा तीन हजार सहायक कामदार पठाउने भन्दै झुटो विज्ञापन प्रकाशित भएको थियो । उक्त सूचना गलत रहेको समेत विभागले स्पष्ट पारेको छ ।

अनधिकृत व्यक्ति तथा संस्थाले सरकार र जर्मनी सरकारबीच भएको सम्झौताको भएको भन्दै विभिन्न सेवा–सुविधासहित आकर्षक तलबसम्बन्धी विवरण देखाएर नक्कली सूचना निकालेको पाइएको विभागले बताएको छ । यस्ता भ्रमपूर्ण विज्ञापन र सूचनाप्रति आफ्नो ध्यानाकर्षण भएको विभागको भनाइ छ ।

वैदेशिक रोजगारीमा जानका लागि विभिन्न मुलुकबाट आएका मागपत्रलाई विभागले सार्वजनिक जानकारीका लागि वेबसाइटबाट सार्वजनिक गरेपछि मात्र थप प्रक्रिया शुरू हुने गर्छ । यकीन भएका मागपत्रको आधारमा मात्र म्यानपावर व्यवसायीले खुला गरिएका गन्तव्यमा विभागले तोकेको शुल्क लिएर युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाउने कानूनी व्यवस्था छ । हाल नेपालले संस्थागत रूपमा विश्वका १११ देशमा श्रमका लागि जान खुला गरेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)