ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आईएफबी ब्राण्डका फ्रिज सार्वजनिक

२०८० भदौ, २४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। घरायसी सामानहरूको ब्राण्ड आईएफबीले नेपालमा पहिलोपटक विभिन्न १० ओटा मोडलका रेफ्रिजेरेटर (फ्रिज) सार्वजनिक गरेको छ । आईएफबी होम अप्लाइन्सेसको आधिकारिक वितरक साग्तानी एक्जिम प्रालिले शुक्रवार प्रडक्ट सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार नयाँ मोडलका फ्रिजको मूल्य भने न्यूनतम ३२ हजार ९७२ देखि ७२ हजार ९०० रुपैयाँ छ । कम्पनीले शुक्रवार आयोजना गरेको कार्यक्रममा अध्यक्ष विनोद साग्तानीले आफ्ना प्रडक्ट मार्केटिङका दृष्टिकोणले फरक रहेको भन्दै ग्राहकलाई गुणस्तरीय र विश्वासिलो सेवा प्रदान गरिने बताए ।

कम्पनीले बजारमा ल्याएका फ्रिजहरूमा कपर–इन्फयुज्ड डुअल कन्ट्रोल टेक्नोलजी, ३६० डिग्री सराउण्ड कुलिङ, ७–इन १ कन्भर्टेबल, डोर अलार्म, एप–बेस्ड कन्ट्रोल, स्मार्ट लाइट डिओडोराइजर, स्मार्ट कन्ट्रोल प्यानल, एन्टी–ब्याक्टेरियल जस्ता सुविधा रहेको उल्लेख गरिएको छ । 

कम्पनीले फ्रिजमा कम्प्रेसरमा १० वर्षको वारेन्टी पनि रहेको कार्यक्रममा जानकारी दिएको छ । यस्तै नेपालभरबाट १२० भन्दा बढी डिलरको उपस्थिति थियो । भारतको निर्यात विक्री तथा मार्केटिङ प्रमुख सलाम सोनामणि सिंहले नेपालमा आईएफबी ब्राण्डका उपकरणको भविष्य राम्रो हुने दाबी गरे । आईएफबी ब्राण्ड विगत १८ वर्षदेखि नेपालमा यस्ता प्रडक्टहरू विक्री गर्दै आएको छ । वाशिङ मेसिन प्रडक्ट विक्री गर्दै आएको कम्पनीले हाल रेफ्रिजेरेटरहरूको कारोबार गर्न शुरू गरेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)