ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कृषि विकास बैंकको मोबाइल बैंकिङ प्रणाली स्तरोन्नति

२०८० भदौ, २४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। कृषि विकास बैंकले विद्युतीय बैंकको मोबाइल बैंकिङ प्रणाली ‘अपग्रेड’ गरेको छ । मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताको कारोबारको सुरक्षा तथा थप सेवा उपयोग गर्न सरल र सहज गराउन सुविधा थप गर्दै बैंकले शुक्रवारदेखि मोबाइल बैंकिङको नयाँ भर्सन ‘एडीबीएल स्मार्ट प्लस’ सञ्चालनमा ल्याएकोे हो । यस भर्सनमा वेबबाट लगइन हुनेछ । यसबाट इन्टरनेट बैंकिङ सेवा सरहको भुक्तानी गर्न सकिने सुविधा थप गरिएको बताइएको छ ।

यसमा विभिन्न सेवा तथा कारोबारको रकम तथा ‘म्याचुरिटी’ मिति हेर्न मिल्ने, विभिन्न वालेटमा ब्यालेन्स लोड गरी कारोबार गर्न सकिने र ग्राहक सेवामा देखिएका समस्या तथा जानकारी सम्प्रेषण तथा समाधानको सुझाव समेत पाइने सुविधा रहेको बैंकको भनाइ छ । मोबाइल बैंकिङबाट कार्ड ब्लकको अनुरोध गर्न सकिने, पिन परिवर्तन, चेक बुक तथा बैंक विवरण अनुरोध गर्न सकिनेछ । साथै अनलाइनबाटै मुद्दती खाता खोल्न सकिनेछ । विभिन्न सुरक्षा प्रणाली, प्रोफाइल विवरण थप, अनलाइन भुक्तानी लगायतका सुविधा समेत यस भर्सनमा रहेको बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)