काठमाडांै। लिट्मस केबल्सले अत्याधुनिक जर्मन प्रविधिद्वारा नेपालमै उत्पादन गरिएको इकोवायर–जेडएच सार्वजनिक गरेको छ । नवीनतम प्रविधियुक्त इकोवायर–जेडएचले आगलागीको जोखिम कम गर्ने कम्पनीको दाबी छ । कम्पनीका प्रबन्ध निर्देशक रोहित गुप्ताले इकोवायर–जेडएच नेपालमै पहिलो ह्यालोजनमुक्त एकमात्र तार रहेको बताए । ग्राहकको माग तथा सुरक्षालाई आत्मसात् गरी नयाँ नयाँ प्रविधि तथा नवीनतम उत्पादन बजारमा ल्याउन कम्पनी प्रतिबद्ध रहेको उनको भनाइ छ । कम्पनीका उपाध्यक्ष सरोज मिश्रले यसमा कम धूँवा र उत्सर्जन–मुक्त विशेषताले यो सबै प्रयोगकर्ताका लागि उपयुक्त विकल्प रहेको बताए । यसमा खिया नलाग्ने गुण र आगो प्रतिरोधले समग्र सुरक्षासम्बन्धी विशेषता रहेको उनको भनाइ छ ।