काठमाडौं। नेपाली बजारमा वुलिङ एयर विद्युतीय गाडी (ईभी) विक्री वितरण गरिरहेको बज्र ग्रुपअन्तर्गतको ‘ईभी नेपाल मोटर्स’ले नबिल बैंकसँग कर्जासम्बन्धी सहकार्यको सम्झौता गरेको छ । सम्झौता अनुसार वुलिङ एयर ईभी किन्न चाहने ग्राहकलाई नबिल बैंकले गाडीको मूल्यको ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने भएको हो । २०० र ३०० किलोमिटर रेन्ज दिने दुई भेरिएन्टमा वुलिङ एयर ईभी उपलब्ध रहेको बताइएको छ, यसको मूल्य क्रमश: २० लाख ९९ हजार र ३० लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीको भनाइ छ ।