ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बीवाईडीको ‘स्पट द डल्फिन अन द रोड’ अभियान

२०८० भदौ, २४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। नेपालका लागि बीवाईडी गाडीको आधिकारिक विक्रेता साइमेक्स इंकले ‘स्पट द डल्फिन अन द रोड’ अभियान घोषणा गरेको छ । सोमवारसम्म चल्ने उक्त अभियान अन्तर्गत ‘बीवाईडी डल्फिन’सँग भिडियो बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गर्नुपर्ने बताइएको छ । भदौ २६ गतेदेखि हुने ‘नाडा अटो शो’मा सार्वजनिक गर्ने तयारी गरिएको बीवाईडी डल्फिन अहिले काठमाडौंका सडकमा गुडाइँदै आएको बताइएको छ । 

सडकमा गुडिरहेको बीवाईडी डल्फिनको भिडियो बनाएर फेसबुक, इन्स्ट्राग्राम वा टिकटकमा सार्वजनिक गर्दा १ लाख रुपैयाँसम्म जित्ने मौका पाइने कम्पनीले जानकारी दिएको छ । काठमाडौंका सडकमा बीवाईडी डल्फिन भेट्नेबारे बीवाईडीको फेसबुक पेजमार्फत जानकारी लिन सकिने कम्पनीको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)