काठमाडौं। नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले विद्युतीय गाडी टियागो ईभीको बुकिङ खुला गरेको छ । इच्छुक ग्राहकले अनलाइनमार्फत नाम दर्ता गराएर वा नेपालभर रहेको टाटा मोटर्सको शोरुममा गएर बुकिङ गर्न सकिने बताइएको छ । टाटा टियागो मंगलवारदेखि शुरू हुने ‘नाडा अटो शो २०२३’ मा आकर्षक शुरुआती मूल्यसहित सार्वजनिक गर्ने कम्पनीले जानकारी दिएको छ ।
टाटा टियागो ईभी भारतमा ह्याचब्याक सेगमेन्टको पहिलो सबैभन्दा रुचाइएको ईभी भएको कम्पनीको दाबी छ । नेपाली ग्राहकको बदलिँदो आकांक्षा एवं जीवनशैलीसँग यसले मेल खाने कम्पनीको अपेक्षा छ । यो गाडीमा स्पोर्ट र सिटी ड्राइभ मोडसहित अटोमेटिक ड्राइभ सिस्टम रहेको बताइएको छ । सीसीएस–२ चार्जिङ सिस्टम रहेको गाडीको एमईडिसी रेञ्ज ३१५ रहेको र नेपाली बाटोमा २५० किलोमिटरसम्मको रेन्ज दिने अनुमान गरिएको छ ।