ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

समृद्धि फाइनान्सद्वारा तीज विशेष कार्यक्रम आयोजना

२०८० भदौ, २४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। समृद्धि फाइनान्सले शुक्रवार पोखरामा ‘श्रमजीवी महिला काष्ठ हस्तकला उद्योग’का २७ महिला कामदारसँग ‘वित्तीय साक्षरता तथा तीज विशेष कार्यक्रम’ सम्पन्न गरेको छ । संस्थाले सामुदायिक विकास तथा सचेतना नेपालको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा श्रमजीवी महिला काष्ठ हस्तकला उद्योगका महिला सदस्यलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ज्ञान, बचतको फाइदा र संस्थाको महिला लक्षित योजनाका बारेमा प्रस्तुति दिइएको थियो । साथै महिलाहरूलाई शृंगारका सामग्री वितरण गरी दर खाने कार्यक्रम गरिएको थियो । संस्थाले भदौ महीनामा महिला विशेष अभियान चलाइरहेको जानकारी दिएको छ । यस महीनामा संस्थामा समृद्धि गृहलक्ष्मी बचत खाता खोली उच्च ब्याजदरको प्रतिफलका साथै नि:शुल्क डिजिटल बैंकिङको फाइदा लिन सकिने बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)