ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दूधकुण्डमा नेपाल लाइफको ‘नि:शुल्क प्राथमिक स्वास्थ्य शिविर’

२०८० भदौ, २४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ४६३२ मिटर उचाइमा रहेको सोलुखुम्बुको प्रसिद्ध धार्मिकस्थल दूधकुण्डमा तीर्थयात्रीका लागि ‘नि:शुल्क प्राथमिक स्वास्थ्य शिविर’ सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी टाक्सिन्दु उपशाखासँगको सहकार्यमा कम्पनीले गत भदौ ११ देखि १४ गतेसम्म नि:शुल्क प्राथमिक स्वास्थ्य शिविर आयोजना गरेको हो । उक्त शिविरबाट ४२२ तीर्थयात्री प्रत्यक्ष लाभान्वित भएको कम्पनीले जानकारी दिएको छ । विशेषत: मेलामा टाउको दुख्ने, बान्ता हुने, शरीरका जोर्नी दुख्ने, श्वासप्रश्वासमा समस्या हुने जस्ता लक्षण भएका बिरामीको उपचार गरिएको बताइएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)