काठमाडौं। सेन्ट्रल फाईनान्स लिमिटेड विराटनगर शाखाले ५५औं ऐतिहासिक कृष्ण रथ यात्राको अवसरमा बिहीवार जुस तथा पानी वितरण गरेको छ । शाखा प्रमुख शेखर पोखरेलको अगुवाइमा कृष्ण जन्माष्टमीमा आयोजित कृष्ण रथयात्रामा सहभागी भएका दर्शनार्थीलाई जुस तथा पानी वितरण गरिएको हो । संस्थाले कुपण्डोलस्थित केन्द्रीय कार्यालयसहित १९ शाखा र भक्तपुरको सल्लाघारीमा एक एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।