ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँट, १ लाख २० हजार ५३२ जनाले पाए १०/१० कित्ता शेयर

२०८० भदौ, २४  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडको आईपीओ आइतवार बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो ।

कम्पनीले भदौ १० देखि १३ गतेसम्म सर्वसाधारणको लागि १२ लाख ५ हजार ३२० कित्ता शेयर प्रिमियम मूल्यमा निष्कासन गरेको थियो । कम्पनीले अंकित मूल्यमा १०६ रुपैयाँ थप गरी प्रतिकित्ता २०६ मा आईपीओ निष्कासन गरेको हो । सो आईपीओमा कुल १० लाख १६ हजार ७१४ आवेदन परेको थियो ।

मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ । जसअनुसार कुल १ लाख २० हजार ५३२ आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)