ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सानिमा इक्वीटी फण्डले घोषणा गर्‍यो लाभांश, गत वर्षभन्दा कम प्रतिफल दिने

२०८० भदौ, २४  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सानिमा क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सानिमा इक्वीटी फण्डले यस वर्ष १८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । योजना व्यवस्थापकको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट करसमेत गरी १८ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित प्रतिफल प्रयोजनका लागि योजना व्यवस्थापकले आगामी दिनमा बुक क्लोजको मिति तय गर्नेछ । बुक क्लोजको अघिल्लो कारोबार दिनसम्म कायम इकाईधनीहरूले मात्र प्रतिफल प्राप्त गर्नेछन् ।

गत वर्षको तुलनामा यस वर्ष योजनाको प्रतिफल कम छ । गत वर्ष कम्पनीले करसमेत २२ प्रतिशत प्रतिफल वितरण गरेको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)