ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चार हाइड्रोपावर कम्पनीले हकप्रद शेयर निष्कासन गर्न सेबोनमा दिए निवेदन

२०८० भदौ, २४  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । चार हाइड्रोपावर कम्पनीले हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएका छन् । 

लिवर्टी इनर्जी कम्पनी, ङादी ग्रुप पावर र आँखुखोला जलविद्युत कम्पनीले भदौ २१ गते र बरुण हाइड्रोपावर कम्पनीले भदौ २२ गते हकप्रद शेयर निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएका हुन् । 

लिवर्टी इनर्जी कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड छ । सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले ७५ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । 

त्यस्तै ङादी ग्रुप पावर कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि निवेदन दिएको हो । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड छ ।

सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले १ करोड ८५ लाख १२ हजार ७९२ दशमलव २३ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । 

आँखुखोला जलविद्युत कम्पनीले हाल कायम चुक्ता पूूँजीको १५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड  छ । सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । 

त्यस्तै बरुण हाइड्रोपावर कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको छ । विक्री प्रबन्धक आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेड छ । सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले रू. ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।

कर्जा तिर्न हकप्रद शेयर जारी गर्न सक्ने व्यवस्था गरिएपछि हाइड्रोपावर कम्पनीहरूले हकप्रद शेयर निष्कासन गर्न लागेका हुन् । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)