ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१० वर्षअघिको आर्थिक अभियानबाट: साञ्जेनको पीपीए अघि बढ्यो

२०८० भदौ, २५  
१० वर्ष अघि
Aarthik Abhiyan 18th Anniversary Image Not Found

साञ्जेन जलविद्युत् आयोजनाको विद्युत् खरीद सम्झौता (पीपीए) प्रक्रिया अघि बढेको छ । माथिल्लो साञ्जेन १४.६ र तल्लो साञ्जेन ४२.५ मेवा गरी आयोजनाको कुल क्षमता ५७ दशमलव १ मेगावाट रहेको छ । यसमा २५ मेवासम्मका लागि विद्युत् प्राधिकरणले तोकेकै दर सुख्खायाममा प्रतियुनिट रू. ७ र वर्षामा रू. ४ मा पीपीए हुने भएको छ । ‘सोभन्दा माथिका लागि पीपीए दर निर्धारण गर्न प्राधिकरणसँग छलफल भइरहेको छ । एक महीनाभित्र पीपीए गरिसक्ने योजना छ,’ साञ्जेन जलविद्युत् आयोजनाका व्यवस्थापक मिलापबहादुर पाण्डेले जानकारी दिए । ‘कम्पनीले आवश्यक कागजात चाँडै तयार पारे पीपीए हुन एक महीना पनि लाग्दैन’ प्राधिकरणका व्यापार विभाग प्रमुख शेरसिंह भाटले भने । कम्पनीले सम्भावित वार्षिक विद्युत् उत्पादन परिमाण र सोको अनुमानित लागत प्राधिकरणलाई बुझाउनु पर्नेछ । ‘त्यसका आधारमा आन्तरिक प्रतिलब्धि दर (आईआरआर) गणना गरी २५ मेवामाथिको पीपीए दर निर्धारण गर्छौं’ भाटले अभियानसँग भने, ‘दर यति नै हुन्छ भन्न नसकिए पनि आईआरआर १६ प्रतिशतसम्म हुने गरी निर्धारित हुन्छ ।’ 

वर्ष ६, अंक ६८ सोमवार, १३ मंसिर, २०६७

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)