ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भाटभटेनीका मीनबहादुर रिहा

२०८० भदौ, २५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। जिल्ला अदालत काठमाडौंले ललितानिवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका मीनबहादुर गुरुङसहित १८ जनालाई रिहा गर्न आइतवार आदेश दिएको छ । तीमध्ये १७ जनालाई धरौटी र एकजनालाई साधारण तारीखमा छाड्ने आदेश दिएको हो ।

अदालतले भाटभटेनी समूहका अध्यक्ष गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटी तोकेकोमा उक्त रकम बुझाएर गुरुङ आइतवार नै रिहा भएका छन् । न्यायाधीश भोलानाथ ढकालको इजलाशले उक्त प्रकरणमा पक्राउ परेका १८ अभियुक्तलाई धरौटीमा थुनामुुक्त गर्न आदेश दिएको हो ।

अदालतका स्रेस्तेदार कौशलेश्वर ज्ञवालीका अनुसार केशव तुलाधरलाई साधारण तारीखमा र अरू सबै आरोपितलाई धरौटीमा छाड्ने आदेश भएको हो । धरौटी रकम फरकफरक छ ।

अदालतले रुद्रकुमार श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, घमनकुमार कार्की, गोपाल कार्की, योगराज पौडेल, नारायणराज मिश्र र अरुणकुमार श्रेष्ठलाई जनही ७ लाख ५० हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको छ । 

त्यसै गरी कलाधर देउजा र विनोद पौडेललाई जनही १५–१५ लाख रुपैयाँ धरौटी तोकेको छ । शिवजी भट्ट र ध्रुवप्रसाद अर्याललाई भने जनही ३ लाख ३० हजार रुपैयाँ धरौटी तोकिएको छ । बाबुराजा महर्जन, देवनारायण महर्जन, सकलानन्द महर्जन र सञ्जयकुमार महर्जनलाई जनही १ लाख १० हजार रुपैयाँ धरौटी तोकिएको छ । लोकरी घिमिरेलाई १ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ । 

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा जिल्ला सरकारी वकील कार्यालयले सरकारी कागजात कीर्ते आरोपमा मुद्दा चलाएको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)