ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल महिला चेम्बरको ‘टे्रड शो तीज स्पेशल २०२३’ सम्पन्न 

२०८० भदौ, २५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। नेपाल चेम्बर अफ कमर्स अन्तर्गत गठित नेपाल महिला चेम्बरद्वारा महिलाहरूको विशेष पर्व तीजलाई लक्षित गरी ‘टे्रड शो तीज स्पेशल २०२३’ सम्पन्न गरेको छ । महिला उद्यमीद्वारा उत्पादन गरिएका विविध सामग्रीको प्रदर्शन तथा विक्री प्रवर्द्धन र महिलामा उद्यमशीलताको विकास गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको संस्थाले जानकारी दिएको छ । मेलाको उद्घाटन गर्दै चेम्बर अध्यक्ष राजेन्द्र मल्लले मेलाले महिलाको उद्यमशीलताको विकास तथा सामाजिक, सांस्कृतिक तथा आर्थिक क्रियाकलापमा महिलाको सहभागितामा वृद्धि हुने अपेक्षा गरेका थिए । महिलाहरू आर्थिक रूपमा सशक्त भए मात्र मुलुकले आर्थिक समृद्धि हासिल गर्न सक्ने उनको भनाइ थियो । सो अवसरमा गायिका रेखा शाह, नारी पत्रिकाका सम्पादक लक्ष्मी भण्डारी, चेम्बरका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवाल, उपाध्यक्ष दीपक मल्होत्रा, दीपक श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । महिला चेम्बरका महासचिव तथा मेला संयोजक लिमा अधिकारीले मेलामा २५ महिला उद्यमी सहभागी भएको जानकारी दिइन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)