काठमाडौं। उद्योग संगठन मोरङले ‘वकर्स फर्दर ट्रेनिङ’ अन्तर्गत २५ दिने ‘इण्डष्ट्रियल अटोमेशन तालीम’ सम्पन्न गरेको छ । विभिन्न उद्योग प्रतिष्ठानमा कार्यरत प्राविधिकको दक्षता अभिवृद्धि गर्ने उद्देश्यले उक्त तालीम आयोजना गरिएको संस्थाले जानकारी दिएको छ । तालीमको समापन कार्यक्रममा संगठनका अध्यक्ष राकेश सुरानाले औद्योगिक विकासका लागि पूँजी, प्रविधिका साथै श्रमिकको दक्षता विकास समानान्तर रूपमा हुनुपर्ने धारणा राखे । परिवर्तित प्रविधिलाई आत्मसात् गरी व्यावसायिक तालीमको माध्यमबाट श्रमिकको समयसापेक्ष दक्षता अभिवृद्धि गर्न सके उद्योगको उत्पादकत्व वृद्धि हुने उनको भनाइ थियो । संगठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले पेशाकर्मीको ज्ञान र शीप अभिवृद्धि गरी हाल गर्दे आएको कामलाई थप परिष्कृत रूपमा अगाडि बढाउन तालीमले सहयोग पुग्ने बताए ।