काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकलाई रूपन्देहीको बुटवलस्थित ‘बुटवल हार्ट क्लिनिक’ले छूट दिने भएको छ । दुई संस्थाबीच भएको समझदारीपत्रमा बैंकका कार्डबाहक र मोबाइल बैंकिङ प्रयोगकर्तालाई क्लिनिकका सेवामा १० प्रतिशतसम्मको छूट दिइने बताइएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ । बैंकले डिजिटल बैंकिङको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल भुक्तानी प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको बताइएको छ ।