काठमाडौं। भुक्तानी सेवा प्रदायक ई–सेवाले लिंक गरिएको बैंक खातामार्फत सीधै भुक्तानी गरेर पुरस्कार जित्न सकिने अफर सार्वजनिक गरेको छ । ई–सेवा एकाउन्टमा लिंक गरिएको बैंक खातामार्फत भुक्तानी गर्दा दैनिक, साप्ताहिक र मासिक आधारमा उपहार प्रदान गर्ने बताइएको छ । गत भदौ २० देखि शुरू भएको यो योजना असोज १८ गतेसम्म सञ्चालन हुने बताइएको छ । यस अफरमा बम्पर उपहार विजेताले ३५० सीसीको मोटरसाइकल जित्न सक्ने कम्पनीले जानकारी दिएको छ ।
उपहारका लागि योग्य हुन सहभागीले योजना अवधिमा उनीहरूको लिंक गरिएको बैंक खाता प्रयोग गरेर भुक्तानी गर्नुपर्ने बताइएको छ । अफरमा एयर टिकट, रिचार्ज, इन्टरनेटको बिल, होटल शुल्क, कलेज शुल्क लगायतमा क्यासब्याक दिइने कम्पनीले जानकारी दिएको छ ।