ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भुजुङ हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, सेबोनमा दियो निवेदन

२०८० भदौ, २५  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । भुजुङ हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । कम्पनीले ५ लाख कित्ता आईपीओ निष्कासन गर्न सेबोनमा  भदौ १३ गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ । 

कम्पनीले  ७.५ मेगावाट क्षमताको रन अफ रिभर प्रकारको अपर मिडिम हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ । आयोजनाको कुल लागत ३९ करोड रुपैयाँ रहेको छ । आयोजना लामजुङ जिल्लाको क्होलासोथार गाउँपालिकामा रहेको छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)