ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आईपीओ निष्कासन प्रक्रियामा रहेको मिड सोलु हाइड्रोपावरको दोस्रो वार्षिक साधारण सभा असोज १७ मा

२०८० भदौ, २५  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । भदौ २२ गते देखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्न लागेको मिड सोलु हाइड्रोपावर लिमिटेडले दोस्रो वार्षिक साधारण सभा असोज १७ गते बोलाएको छ । सभा कम्पनीको रिजष्र्टड कार्यालय मध्य बानेश्वरमा बिहान ११ बजे शुरु हुने जानकारी दिएको छ । 

सभाले २०७९ / ८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै २०८० /८१ को लागि लेखापरिक्षकको नियुक्त तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । 
त्यस्तै सभाले सञ्चालक समितिको रित्त पद पदपूर्ती गर्ने र कम्पनीको नियमावलीको नियम २० तीन महले बमोजिम संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । 

कम्पनीले भदौ २८ गते देखि सर्वसाधारणमा ६ लाख २१ हजार १७२ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । उक्त आईपीओमा असोज १ गते आवेदन दिन सकिनेछ । 

सूचना हेर्न यहाँ क्लिक गर्नुहोस 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)