ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेप्से परिसूचकसँगै कारोबार रकममा वृद्धि, यस कारण सक्रिय हुन थाले लगानीकर्ता

२०८० भदौ, २५  
लगानी नेप्से विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार नेप्से परिसूचक सँगै कारोबार रकम बढेको छ । परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ४४ दशमलव ३० अंक अर्थात २ दशमलव २८ प्रतिशत बढेर १ हजार ९८६ दशमलव ९९ विन्दुमा पुगेको हो । २७८ धितोपत्रको ४७ लाख ४२ हजार ५११ कित्ता शेयर ३७ हजार ७९९ पटकमा रू. १ अर्ब ५१ करोड भन्दा बढीको कारोबार भएको छ ।

आइतवारको तुलनामा कारोबार पनि वृद्धि भएको हो । आइतवार रू. १ अर्ब बराबरको शेयर कारोबार भएको थियो । 
सोमवार सेन्सेटिभ इन्डेक्स २ दशमलव ०६ प्रतिशत,फ्लोट इन्डेक्स २ दशमलव ३७ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स २ दशमलव २६ प्रतिशत वृद्धि भएको हो । 

मौद्रिक निति सार्वजनिक पछि बजार करीब डेढ महीना  जति लगातार घटेको बजार सम्हालिन खोजेको देखिएको छ । निरन्तर घटेको बजारमा कम्पनीको शेयर मूल्य निकै सस्तिएकोले लगानीकर्ताहरु विस्तारै खरीदतर्फ आर्कषित भएका हुन । यसोत लाभांशको सिजन शुरु हुन थालेको छ । यस कारण अव बजारमा विस्तारै खरीदकर्ता सक्रिय हुने जानकारहरु बताउँन । 
अर्थ मन्त्रालयले स्थानीय तहको सञ्चित कोषमा रहेको रकम मध्येबाट ६० प्रतिशत रकम निक्षेपका रूपमा गणना गर्न पाउने सुविधा दिएको छ । यस प्रावधानबाट झन्डै ६० अर्ब रुपैयाँ निक्षेप थपिने देखिएको छ । यसले ब्याजदर घटाउने सहयोग पुग्ने भएको हो । ब्याजदर घट्यो भने त्यसको सकारात्मक प्रभाव शेयर बजारमा देखिने जानकारहरू बताउँछन् । 

विशेषगरी, शेयर धितो कर्जामा १२ करोडको क्याप अनि १५० प्रतिशतको जोखिमभार नै बजारलाई प्रत्यक्षरुपमा प्रभाव पार्ने नीतिहरु मानिएका छन् । यही नीतिका कारण बजारमा ठूला र संस्थागत लगानीकर्ता कर्जा लिएर आउन सकेका छैनन् । यी नितिगत अवरोधलाई समाधान गर्न सकेमा शेयर बजारले नयाँ विन्दु कायम गर्न सक्ने लगानीकर्ताहरु बताउँछन् । 

कारोबारमा आएका धितोपत्रमध्ये थ्रि स्टार हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा बढी ९ दशमलव ९८ प्रतिशत वृद्धि भएको छ । शेयर मूल्य प्रतिकित्ता रू. ३७८ पुगेको हो । त्यस्तै दोस्रोमा मेन्छियाम हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ९७ प्रतिशत बढेर रू. २१५ पुगेको हो । 

सोमवार सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ का इकाईधनीहरुले गुमाएका छन् । फण्डको इकाई मूल्य ७ दशमलव ४३ प्रतिशत घटेसँगै धेरै गुमाएका हुन । इकाई मूल्य रू. ७ दशमलव ९७ म ाझरेको छ । त्यस्तै दोस्रोमा ८.५∞ नेपाल बैंक डिबेञ्चर २०८७ नामक ऋणपत्रको मूल्य ३ दशमलव ७८ प्रतिशत घटेर रू. ७८५ मा कायम भएको छ । 

सर्वाधिक शेयर खरीद विक्रीको हिस्सा साल्ट ट्रेडिङ कर्पोरेशनले ओगटेको छ । कम्पनीको रू. ६ करोड २५ लाख बराबरको शेयर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य रू. ५ हजार ७ सय कायम भएको छ । सार्वधिक शेयर खरीदविक्री हुने दोस्रोमा एभरेष्ट बैंकको रू. ५ करोड ७१ लाख बराबरको भएको हो । 

कारोबारमा आएका १३ अ‍ोटै समूहगत परिसूचक सबै बढेका छन्। सबैभन्दा बढी वित्त समूहको परिसूचक ३ दशमलव ६५ प्रतिशत वृद्धि भएको छ । त्यस्तै दोस्रोमा ब्यापार समूहको परिसूचक ३ दशमलव ६३ प्रतिशत वृद्धि भएको हो । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)