ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भक्तपुरको गुह्य पोखरीमा वाटर बाइक सञ्चालन, पानीमाथि साइक्लिङ गर्दै टिकटक बनाउनेको भिड

२०८० भदौ, २५  
समाचार फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

भक्तपुर । पोखरी नै पोखरीको शहर भक्तपुरको नः पुखु(पोखरी) मा आन्तरिक र बाह्य पर्यटकहरूलाई आकर्षित गर्न उद्देश्यले नेपालमा नै पहिलो पटक  पानी साइकल (वाटर बाइक) चलाउन थालिएको छ ।

पानी साइकल 'टी एण्ड एन एडभेन्चर' कम्पनीद्वारा भक्तपुर नगरपालिकाको सहकार्यमा भदौ ९ गते देखि पाँच वटा पानी साइकल सञ्चालनमा आएको हो । एडभभेन्चर पर्यटकहरूका लागि मात्रै होइन पोखरीमा बोटिङको मज्जा लिनेहरूका लागि समेत लक्षित गरेर पोखरीमाथि साइक्लिङ शुरू गरिएको सञ्चालक मध्येको सुजन तिमिल्सिनाले जानकारी दिए । 

नेपालमा नै पहिलो पटक शुरूआत गरिएको वाटर साइकलमा एक पटकमा दुई जना एउटै साइकलमा बसेर पोखरीको परिक्रमा गर्न सकिन्छ । एक जनाले १५ मिनेटमा पोखरीमाथि दुई राउण्ड साइकल चलाउन सक्ने छन भने  प्रति व्यक्ति २ सय रुपैयाँ शुल्क कायम गरिएको छ । 

साइकल चालकहरूलाई लाइफ ज्याकेटको पनि सुविधा रहेकोले  यो पुर्णरूपमा सुरक्षित रहेको सञ्चालक तिमिल्सिनाले बताए । अहिले भक्तपुर आउने जो कोहीको प्रमुख आकर्षण नै वाटर बाइक भएको छ । भिडियो बनाउने र टिकटक बनाउनेको बाक्लै घुइँचो लाग्न थालेको छ ।  कम्पनीद्वारा सर्लाहीको भरत तालमा पनि छिट्टै पानी साइकल सञ्चालनमा ल्याउने योजना रहेको  जनाएको छ । 


Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)