ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१० वर्षअघिको आर्थिक अभियानबाट: गैरकानुनी लाभांश फिर्ता हुनुपर्छ 

२०८० भदौ, २६  
१० वर्ष अघि
Aarthik Abhiyan 18th Anniversary Image Not Found

नेपाल राष्ट्र बैंकले रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर (आरएमडीसी) लाई लाभांश वितरण गर्न दिएको स्वीकृति पुनरवलोकन गर्ने भएको छ । सर्वसाधारणलाई वितरण गर्नुपर्ने शेयर वितरण नगरीकन लाभांश वितरण गर्न राष्ट्र बैंकले आफैले दिएको स्वीकृतिलाई समेत पुनरवलोकन गर्नु सकारात्मक पक्ष हो । तर, आरएमडीसीलाई लाभांश वितरण गर्न स्वीकृति दिने निर्णय गर्दा जसरी गभर्नरलाई पनि थाहा नदिएको समाचार आएको छ त्यसले भने गम्भीर प्रश्न खडा गरेको छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनको दफा ४६ (१) मा इजाजतपत्र प्राप्त संस्थाले सम्पूर्ण प्रारम्भिक खर्च, अघिल्ला वर्षसम्म हुन गएको नोक्सानी, पूँजीकोष, जोखिम ब्यहोर्ने कोष र साधारण जगेडा कोषमा दफा ४४ बमोजिम छुट्याउनुपर्ने रकम पूरा नगरेसम्म र सर्वसाधारणलाई छुट्याइएको शेयर बिक्री वितरण गरी माग रकम पूर्ण रूपमा चुक्ता नभएसम्म शेयरधनीहरूलाई लाभांश घोषणा गर्न वा बाँड्न पाउने छैन भन्ने उल्लेख छ ।

(सम्पादकीयबाट) 

वर्ष ६, अंक ६८ सोमवार, १३ मंसिर, २०६७

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)