ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपालमा सामसङको लगानी तथा उत्पादनबारे राष्ट्रपतिको चासो

२०८० भदौ, २६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग कोरियाको सामसङ कम्पनीका ग्लोबल प्रेसिडेन्ट सिउङ ही पार्कले सोमवार शिष्टाचार भेट गरेका छन् । सो भेटमा राष्ट्रपति पौडेलले कोरियाले गरेको विकासको प्रशंसा गर्दै सूचना प्रविधिका विभिन्न पक्षमा चासो राख्नुभएको थियो ।

राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा पार्कले सामसुङ कम्पनीले नेपालमा सञ्चालन गरेको विभिन्न उत्पादन तथा सोसम्बन्धी गतिविधिबारे संक्षिप्तमा जानकारी गराएका थिए । सो अवसरमा उनले नेपालमा सञ्चालन गर्न सकिने उद्योग, नेपाली विद्यार्थीलाई उच्चस्तरको सूचना प्रविधिसम्बन्धी तालीमका सम्भावनाका विषयमा प्रष्ट पारेका थिए । भविष्यमा सामसङ कम्पनी र नेपालबीच हुन सक्ने सहयोग र सूचना प्रविधि तथा औद्योगिक उत्पादन सम्बन्धी योजनाबारे पनि पार्कले सो अवसरमा जानकारी गराएका थिए ।

सो अवसरमा सामसङका उपाध्यक्ष द्वय ह्युङ वु ली र सुङ जुन पार्क, प्रबन्ध निर्देशक ह्यून ली, नेपालका लागि कोरियाली राजदूत थेयङ पार्क, गोल्छा समूहका अध्यक्ष शेखर गोल्छा लगायतको उपस्थिति थियो ।

स्वदेशमै टीभी उत्पादन र रोजगारीको अवसर 

सामसङ कम्पनीको प्रविधिमा आधारित रहेर गोल्छा समूहले नवलपरासीको भूमहीमा पूर्ण टीभी जडान उत्पादन कारखाना सञ्चालनमा ल्याएको पनि सो अवसरमा जानकारी दिइएको छ । गत अप्रिलदेखि सो कारखाना सञ्चालनमा आएको थियो । सो कारखाना पूर्ण क्षमतामा सञ्चालन हुँदा वार्षिक एक लाखओटा टीभी तयार हुने तथा एक हजार जनाले रोजगारी पाउन सक्ने बताइएको छ । यस्तै सामसङको प्रविधि हस्तान्तरण कार्यक्रमअन्र्तगत पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा सञ्चालित ‘सामसङ इन्नोभेसन क्याम्पस’मा सय जना विद्यार्थीलाई सहभागी गराई दुईवर्षे कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)