ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सूचना प्रविधिको क्षेत्रमा उल्लेख्य प्रगति : उपराष्ट्रपति

लर्ड बुद्ध एजुकेशन रजत जयन्ती

२०८० भदौ, २६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले रजत जयन्ती मनाएको छ । उक्त अवसरमा सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुक डिजिटल युगमा प्रवेश गरिसकेको बताएका छन् । नेपालको सूचना प्रविधिको क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै उनले उक्त संस्थाको प्रशंसा गरे ।

‘हाम्रो भविष्य सूचना प्रविधिको विकाससँग जोडिएको छ, पछिल्लो २ दशकमा सूचना प्रविधिको क्षेत्रमा उल्लेख्य प्रगति हासिल पनि भएका छन्,’ उनले भने, ‘नेपालको पहिलो आईटी कलेज भएकाले पनि सूचना प्रविधिको विकासमा निजीक्षेत्रको तर्फबाट लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले निर्वाह गरेको भूमिका अतुलनीय छ ।’

रजत जयन्तीका अवसरमा फाउन्डेशनमा २ दशकदेखि संलग्न रहँदै आएका ९ जनालाई उपराष्ट्रपति यादवले सम्मान गरेका थिए । कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले फाउन्डेशनले शिक्षामार्फत महिला सशक्तीकरणमा पनि महत्त्वपूर्ण योगदान गरेको भन्दै प्रशंसा गरिन् । फाउण्डेशनका अध्यक्ष पंकज जालानले पढ्दै पढाउँदै भन्ने सरकारको नीतिलाई व्यावहारिक कार्यान्वयन गर्न सफल भएको बताए । नेपालमा दक्ष जनशक्ति उत्पादन गरेर युवालाई विदेशिनबाट रोक्ने संस्थाको उद्देश्य रहेको उनको भनाइ थियो ।

२५ वर्ष अगाडि सूचना प्रविधि लक्षित छुट्टै कलेज स्थापना गरेर फाउन्डेशनले प्राविधिक शिक्षाको दीर्घकालीन सोच बनाएको उनको भनाइ छ । आईटीमा स्नातकोत्तरसम्म अध्ययन हुने फाउन्डेशनबाट अहिलेसम्म १२ हजारभन्दा बढी विद्यार्थी दीक्षित भइसकेको बताइएको छ । फाउन्डेशनले हालसम्म १० हजार महिलालाई नि:शुल्क कम्प्युटर तालीम र सातै प्रदेशमा एक–एक जना किशोरीलाई प्रत्येक वर्ष नि:शुल्क शिक्षा उपलब्ध गराउँदै आएको छ । यस संस्थाले स्नातक र स्नातकोत्तर तहमा प्राविधिक विषयलाई परिष्कृत समेत गर्दै लगेको बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)