काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले स्याङ्जाको वालिङ नगरपालिका–८ स्थित ‘शाखा कार्यालय वालिङ’को उद्घाटन गरेको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आइतवार विधिवत् रूपमा उक्त शाखाको उद्घाटन गरेका हुन् ।
उक्त अवसरमा मन्त्री गुरुङले बैंकसँग जोडिएर व्यवसायीलाई आफ्नो आर्थिक कारोबार गर्न आग्रह गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको कर्जाको ब्याजदर तुलनात्मक रूपमा कम भएको र निक्षेपमा आकर्षक ब्याजदर भएकाले व्यवसायीलाई निर्धक्कसँग बैंकिङ कारोबार गर्न आग्रह गरे । गण्डकी प्रदेशका प्रादेशिक प्रबन्धक प्रमोद अधिकारी, वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँड, वालिङ नगरका विभिन्न वडाका अध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधि, उद्योगी व्यवसायी, नेपाली सेना, नेपाल प्रहरी, अन्य संघसंस्थाका प्रतिनिधिको कार्यक्रममा उपस्थिति थियो । त्यस्तै कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मी, विभागीय प्रमुख आनन्द सुवेदी, बागमती प्रदेशका प्रादेशिक प्रबन्धक ध्रुव अर्याल, कार्यक्रम प्रबन्धक जितेन्द्रसिंह थापा लगायत उपस्थित थिए ।