ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्वीचको ईभी र अशोक लेल्याण्डका जेनेरेटरको वितरक आइएमई मोटर्स

२०८० भदौ, २६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। आइएमई मोटर्स नेपालमा स्वीच मोबिलिटीका विद्युतीय गाडी (ईभी) र अशोक लेल्याण्डका डिजेल जेनेरेटरको विक्री वितरण गर्ने आधिकारिक प्रतिनिधि नियुक्त भएको छ । अशोक लेल्याण्डको ७५औँ वार्षिकोत्सवका अवसरमा भारतको चेन्नेईमा आयोजित कार्यक्रममा सोसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । 

सम्झौतामा स्वीच मोबिलिटीका प्रमुख कार्यकारी अधिकृत महेश बाबु र आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले हस्ताक्षर गरेका छन् । अशोक लेल्याण्डका अध्यक्ष धीरज हिन्दुजाले उक्त सम्झौता आइएमई मोटर्सका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई हस्तान्तरण गरेका थिए ।

भारतीय अटोमोटिभ कम्पनी अशोक लेल्याण्डको सब्सिडियरी कम्पनी स्वीच मोबिलिटीले विद्युतीय सवारी साधन निर्माण तथा दिगो यातायातका साधनको विकासमा केन्द्रित रहेर वातावरणमैत्री विद्युतीय बस तथा हलुका व्यावसायिक सवारीसाधन उत्पादन तथा वितरण गर्दै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)