ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘बीवाइडी डल्फिन’ सार्वजनिक

२०८० भदौ, २६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। नेपालका लागि बीवाइडी अटो इन्डष्ट्रिजको आधिकारिक आयातकर्ता एवं वितरक साइमेक्स इंकले विद्युतीय गाडी ‘बीवाइडी डल्फिन’ सार्वजनिक गरेको छ । कम्पनीले सोमवार एक कार्यक्रममार्फत ‘बीवाइडी डल्फिन’ सार्वजनिक गरेको हो ।

कम्पनीले यसको शुरुआती मूल्य ३९ लाख ८० हजार रुपैयाँ तोकेको छ । डल्फिन ह्याचब्याग सेगमेन्टको विद्युतीय गाडी भएको बताइएको छ । यो ह्याचब्याग बीवाइडीको ओसियन सिरिजको पहिलो गाडी भएको बताइएको छ ।

डल्फिनमा ४४ दशमलव ९ किलोवाट आवरको ब्लेड ब्याट्री रहेको र एकपटक पूरा चार्ज गर्दा ३४० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको भनाइ छ । बीवाइडी डल्फिनको विक्री शुभारम्भले सवारीसाधन व्यवसायको क्षेत्रमा कोसेढुंगा सावित भएको कम्पनीको दाबी छ ।

साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले नेपालमा विद्युतीय गतिशीलताको अनुकूलन सुनिश्चित गर्न कम्पनी प्रतिबद्ध रहेको बताइन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले बीवाइडी विद्युतीय गाडी अटोमोबाइलको रूपमा मात्र नभई समाधानको रूपमा आएको बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)