ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रभु सेलेक्ट फण्डले प्रस्ताव गर्‍यो प्रतिफल

२०८० भदौ, २६  
समाचार लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्डले गत आर्थिक वर्ष ०७९/८० को प्रतिफल प्रस्ताव गरेको छ ।

योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले करसमेत ९ दशमलव ५० प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

यस योजनाले पहिलो पटक प्रतिफल वितरण गर्न लागेको हो । यस योजना सञ्चालनका लागि २०७८ जेठ १४ गते १२ करोड ५० लाख इकाई विक्री गरेको थियो ।

सात वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य साउन मसान्तसम्म १० रुपैयाँ ९० पैसा छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)