ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

माईखोला हाइड्रोपावरको स्थगित साधारण सभा असोज १८ गते हुने 

२०८० भदौ, २६  
समाचार लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडको स्थगित तेस्रो वार्षिक साधारण सभा असोज १८ गते हुने भएको छ । यसअघि असोज ९ गतेका लागि उक्त सभा गर्ने भनिएकोमा प्राविधिक कारण देखाएर उक्त दिन सभा स्थगित गर्ने निर्णय कम्पनीले गरेको थियो ।

भदौ २५ गतेको सञ्चालक समितिको बैठकले लर्ड पार्टी भेन्यु, धुम्बारही, काठमाडौंमा बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्ष ०८०/८१ को लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्गो लगाउनेछ ।

सभाले शत प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्तावसमेत पारित गर्नेछ । कम्पनीले हाल कायम चुक्ता पूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव विद्युत नियमन आयोगबाट स्वीकृत गराइसकेको छ । अब वार्षिक साधारण सभाबाट पारित गराएर नेपाल धितोपत्र बोर्डसँग अनुमति माग्ने प्रक्रिया कम्पनीले अघि बढाउनेछ । 

उल्लेखित प्रस्तावहरूसँगै कम्पनीको ठेगाना परिवर्तनको विषय पनि सभाका लागि तय भएको छ । साथै संस्थापक शेयरधनीहरूबाट ४ जना, सर्वसाधारणबाट २ जना र एक जना स्वतन्त्र सञ्चालक निर्वाचनको कार्यक्रम पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज ४ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा अघिल्लो कारोबार दिनसम्म कायम शेयधरनीहरू मात्र सभामा भाग लिन सक्नेछन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)