ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मंगलवार नेपाल एसबिआई बैंकको सर्वाधिक रकमको शेयर कारोबार

शुभम पावरको शेयर मूल्यमा उच्च वृद्धि

२०८० भदौ, २६  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । मंगलवार धितोपत्र दोस्रो बजारमा १ अर्ब १३ करोड ५० लाख रुपैयाँभन्दा बढीको ३९ लाख १६ हजार १६१ कित्ता धितोपत्र कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमवारको तुलनामा यो दिन कारोबार रकम घटेको हो । मंगलवार १ अर्ब ५१ करोड ८३ लाख रुपैयाँभन्दा बढीको ४७ लाख ४२ हजार ५११ कित्ता धितोपत्र कारोबार भएको थियो । 

मंगलवार कुल कारोबार रकममा सर्वाधिक हिस्सा नेपाल एसबिआई बैंक लिमिटेडले ओगटेको छ । यस दिन बैंकको ७ करोड ५६ लाख १८ हजार रुपैयाँभन्दा बढीको २ लाख २४ हजार ९४४ कित्ता धितोपत्र कारोबार भएको हो ।

सर्वाधिक रकमको कारोबार भएको बैंकको शेयर मूल्य भने प्रतिकित्ता २ रुपैयाँले घटेको छ । मंगलवार बैंकको अन्तिम शेयर मूल्य प्रतिकित्ता ३३८ रुपैयाँ कायम भएको हो । 

अघिल्ला दुई कारोबार दिन निरन्तर बढेको बजार तेस्रो कारोबार दिन भने घटेको हो । मंगलवार समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक १० दशमलव ४२ अंक घटेर १ हजार ९६७ दशमलव ५७ विन्दुमा झरेको छ । छोटो समयमै लगानीकर्ताले नाफा बुक गरेकाले मंगलवारको बजार प्रभावित बनेको प्रतिक्रिया धितोपत्र व्यवसायीहरूले दिएका छन् । बजारले गति लिनेमा अझै लगानीकर्ता आशावादी नदेखिएकाले पनि छोटो समयमै नाफा बुक गरेको धितोपत्र व्यवसायीहरूको बुझाइ छ ।

नेप्से परिसूचकसँगै ठूला कम्पनीहरूको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स २ दशमलव ५० अंक घटेर ३७९ दशमलव १४ विन्दुमा झरेको छ । मंगलवारको कारोबारमा घटेको बजारमा पनि ३३ कम्पनीको धितोपत्र मूल्य बढेको छ । यो दिन शुभम पावर लिमिटेडको शेयर मूल्य सर्वाधिक ९ दशमलव ९९ प्रतिशत बढेको छ । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता ७४ रुपैयाँले बढेर अन्तिम मूल्य ८१४ रुपैयाँ ६० पैसा कायम भएको हो । 

मंगलवार म्युचुअल फण्डबाहेक सबै समूहका परिसूचक घटेका छन् । म्युचुअल फण्डको परिसूचक भने शून्य दशमलव शून्य ४ प्रतिशत बढेको हो । होटल तथा पर्यटन समूहको परिसूचक यस दिन सर्वाधिक १ दशमलव ९८ प्रतिशत घटेको हो । 
त्यस्तै वित्तको १ दशमलव ९२ प्रतिशत, जलविद्युतको १ दशमलव ५६ प्रतिशत, विकास बैंकको १ दशमलव ४४ प्रतिशत, लघुवित्तको १ दशमलव ४० प्रतिशत, निर्जीवन बीमाको १ दशमलव ४० प्रतिशत, लगानीको १ दशमलव ३१ प्रतिशत, उत्पादन तथा

प्रशोधनको १ दशमलव शून्य ८ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ९९ प्रतिशत, व्यापारिकको शून्य दशमलव ७८ प्रतिशत, बैंकिङको शून्य दशमलव ४३ प्रतिशत र अन्यको शून्य दशमलव २४ प्रतिशत परिसूचक घटेको हो ।

मंगलवारको कारोबारमा सर्वाधिक शेयर मूल्य थ्री स्टार हाइड्रोपावर लिमिटेडको घटेको छ । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३७ रुपैयाँ ८० पैसाले घटेर अन्तिम शेयर मूल्य प्रतिकित्ता ३४० रुपैयाँ २० पैसा कायम भएको हो । यो दिन कुल बजार पूँजीकरण २९ खर्ब ४५ अर्ब ५० करोड ८३ लाख रुपैयाँ कायम भएको छ । एकै दिन कुल बजार पूँजीकरण २९ अर्ब रुपैयाँभन्दा बढीले घटेको हो । अघिल्लो कारोबार दिन कुल बजार पूँजीकरण २९ खर्ब ७४ अर्ब ५८ करोड ३२ लाख रुपैयाँ रहेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)