ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१० वर्षअघिको आर्थिक अभियानबाट: ट्रेड युनियनका कारण उत्पादकत्व घटेको छ

२०८० भदौ, २७  
१० वर्ष अघि
Aarthik Abhiyan 18th Anniversary Image Not Found

ट्रेड युनियनहरूको अनावश्यक मागले वस्तु उत्पादन वृद्धिमा समस्या पैदा भएको छ । त्यसकारण ट्रेड युनियन र उद्योगी–व्यवसायीबीचको सम्बन्ध सुमधुर हुनुपर्छ । उद्योग व्यवसायभित्र ट्रेड युनियनका नाममा राजनीति गर्नुभएन । ट्रेड युनियनका उचित माग पूरा गर्न हामी सधैं तयार छौं । त्यसैले उद्योगले पूरा गर्न सक्ने माग मात्र ट्रेड युनियनले उठाउनुपर्छ । मजदुर र मालिकको सम्बन्ध अन्योन्याश्रित हुनुपर्छ । वस्तुहरूको उत्पादन र विक्री बढेमा मात्रै हामीले मजदुरका माग पूरा गर्नसक्छौं । नेपालमा मजदुरका आवश्यकभन्दा बढी मागका कारण कतिपय उद्योगहरू बन्द हुने अवस्थामा पुगेका छन् । उद्योगी–व्यवसायी र ट्रेड युनियनबीच बिग्रिएको सम्बन्ध सुदृढ गर्न दुवै पक्ष लाग्नुपर्छ । सबैभन्दा पहिला मजदुरले उद्योग–व्यवसायमा बन्दहडताल सधैंका लागि बन्द गर्नुपर्‍यो । राजनीति गर्न उद्योगमा छिर्नु भएन ।

(नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेन्द्रवीर मालाकारसँगको कुराकानीबाट)

वर्ष ६, अंक ६८ सोमवार, १३ मंसिर, २०६७

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)