काठमाडौं। नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दशैं, तिहार ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ग्राहकले १ लाख रुपैयाँसम्मको नगद छूट, एक वर्षको सवारी बीमा र १ लाख रुपैयाँसम्मको एक्सचेञ्ज बोनस पाउने कम्पनीको भनाइ छ । कम्पनीले नाडा अटो शोलाई लक्षित गरी शो अवधिभर स्क्य्राच कार्डमार्फत थप १ लाख रुपैयाँसम्मको छूट प्रदान गर्ने बताएको छ ।
यो योजना सुजुकी गाडीका ३५ओटै शोरूममा लागू हुनेछ । सुजुकीका विभिन्न मोडेलका कार बमोजिम फरक फरक छूट सुविधा रहने बताइएको छ । नाडा अटो शोमा सुजुकीका नयाँ एसयूभी जिम्नी, फ्रोन्क्सका साथै सुजुकीका थप एसयूभी ग्रान्ड भितारा र नयाँ ब्रेजा प्रदर्शनीमा रहेको कम्पनीले जानकारी दिएको छ ।