ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वुलिङ एयर किन्न प्रभु बैंकमा ८० प्रतिशतसम्म कर्जा 

२०८० भदौ, २७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। विद्युतीय कार (ईभी) ‘वुलिङ एयर’ किन्न प्रभु बैंकले कर्जा दिने भएको छ । नेपालका लागि वुलिङ एयर ईभीको विक्रेता बज्र ग्रुपअन्तर्गतको ‘ईभी नेपाल मोटर्स’ले ग्राहकलाई सुविधा उपलब्ध गराउन प्रभु बैंकसँग सहकार्यको सम्झौता गरेको हो ।

यससम्बन्धी सम्झौतामा मोटर्सका सहायक महाप्रबन्धक नवराज कोइराला र बैंकका चिफ बिजनेश अफिसर रेणुप्रसाद पाण्डेले हस्ताक्षर गरेका छन् । वुलिङ एयर ईभी किन्न चाहने ग्राहकलाई बैंकले गाडीको मूल्यको ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । २०० र ३०० किलोमिटर रेञ्ज दिने दुई भेरिएन्टमा वुलिङ एयर ईभी उपलब्ध रहेको बताइएको छ । यसको मूल्य क्रमश: २० लाख ९९ हजार र ३० लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीको भनाइ छ । वुलिङ एयर ईभी फोर सिटर र थ्री डोर ह्याचब्याक हो । अत्याधुनिक उपकरण प्रयोग गरिएको र उकालो तथा ओरालो जस्तोसुकै कठिन सडकमा पनि यसलाई चलाउन सकिने कम्पनीको दाबी छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)