ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एभरेष्ट बैंकका ग्राहकलाई ओम हस्पिटलका सेवामा छूट

२०८० भदौ, २७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। एभरेष्ट बैंक लिमिटेड र ओम हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिबीच छूटसम्बन्धी सम्झौता भएको छ । यी दुई संस्थबीच मंगलवार सम्झौता भएको हो । सम्झौतामा बैंकका ग्राहक, कर्मचारी र कर्मचारीका परिवारलाई अस्पतालका आईपीडी डायग्नोस्टिक्स, फार्मेसी र फिजियोथेरापीमा १० प्रतिशतसम्म छूट दिने उल्लेख छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र अस्पतालका प्रमुख कार्यकारी अधिकृत यामबहादुर महतले हस्ताक्षर गरेका छन् । सम्झौता कार्यक्रममा बैंकका मार्केटिङ एण्ड संस्थागत निक्षेप प्रमुख पुष्पराज उप्रेती, मार्केटिङ कार्यकारी एलिना कार्की र अस्पतालका बिजनेश डेभलपमेन्ट म्यानेजर विनोद अधिकारीको समेत उपस्थिति थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)