काठमाडौं। ट्रक तथा बस कम्पनी आइसरले ‘स्कूल बस र सडक सुरक्षा’ सम्बन्धी सचेतना अभियान सम्पन्न गरेको छ । आइसरले ललितपुरको गोदावरीस्थित बज्र एकेडेमीमा कक्षा पाँचदेखि माथिका २०० भन्दा बढी विद्यार्थीको सहभागितामा सचेतना अभियान गरेको हो ।
बालबालिकालाई सडक सुरक्षाको महत्त्वबारे जानकारी गराउन अभियान सञ्चालन गरिएको विक्रेता बतास एमए डब्ल्यूले जानकारी दिएको छ । आइसर बस प्रभावशाली ४० सुरक्षा सुविधासहित रहेको कम्पनीको भनाइ छ । गाडीमा अतिरिक्त सुरक्षाका लागि रोल ओभर परीक्षण, थोरै स्टेपमै सजिलो अनबोर्डिङ, अचानक रोकिन दाँते गार्ड, दु्रत निकासीका लागि दोहोरो आपत्कालीन ढोका र चिप्लो सडकमा स्थिर ब्रेकिङका लागि एन्टी लक ब्रेकिङ प्रणाली लगायत सुविधा रहेको कम्पनीको भनाइ छ । सन् १९९६ देखि स्कूल बसको शुरुआत गरेको आइसर बस आफ्नो सुरक्षा सुविधा, आधुनिक डिजाइन तथा नयाँ इन्जिनीयरिङका लागि परिचित रहेको बताइएको छ ।