ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हिमालयन ८०–२० को इकाई बाँडफाँट

२०८० भदौ, २७  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले विक्री गरेको हिमालयन ८०–२० को इकाई बाँडफाँट गरेको छ ।

योजना व्यवस्थापकको जिम्मेवारी पाएको क्यापिटलले साउन ३२ गतेदेखि भदौ १५ गतेसम्म ८ करोड ५० लाख इकाई  विक्री गरेको थियो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका आवेदकहरूलाई भदौ २६ गते इकाई बाँडफाँट गरिएको जानकारी योजना व्यवस्थापकले दिएको छ ।

योजना व्यवस्थापकको रूपमा रहेको क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

योजना सञ्चालनका लागि विक्री गरिएको कुल इकाईमध्ये कुल विक्री भएको इकाई संख्याको १५ प्रतिशत वा १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक हिमालयन बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणमा बाँडफाँट गरिएको हो । यो योजना १० वर्ष अवधिको बन्दमुखी प्रकृतिको रहेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)