ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कुमारी बैंक र कालिका लघुवित्तको संस्थापक शेयर सर्वसाधारणमा जारी

२०८० भदौ, २७  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । कुमारी बैंक र कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तर्फको शेयर सर्वसाधारणमा जारी गरेको छ । कुमारी बैंकको १० लाख १८ हजार ५०४ कित्ता र कालिका लघुवित्तको ४० हजार १३१ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्रीमा आएको हो । कुमारी बैंकले प्रतिकित्ता १०१ रुपैयाँमा संस्थापक शेयर विक्रीमा ल्याएको हो ।

कुमारी बैंकको शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी असोज १० गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । कुमारी बैंकको शेयर खरीदका लागि न्यूनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सक्नेछन् । कुमारी बैंकको शेयर खरीदका लागि प्राप्त बोलपत्र असोज ११ गते बिहान ११ बजे विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडमा खोलिने जानकारी बैंकले दिएको छ ।

कालिका लघुवित्तले भने यसअघि विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन नपरेपछि सर्वसाधारणमा विक्री गर्न लागेको हो । कालिका लघुवित्तको शेयर खरीदका लागि आगामी १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय पोखरा, कास्कीमा आवेदन पेस गर्नुपर्नेछ । कम्पनीले शेयरको मूल्य भने उल्लेख गरेको छैन । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)