ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिड इनर्जीले सर्वसाधारणमा आईपीओ जारी गर्ने, असोज १७ गते साधारण सभाबाट पारित हुने !

२०८० भदौ, २७  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सिड इनर्जी लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई छुट्याएको शेयर अंकित मूल्य वा प्रिमियम सहितको मूल्यमा जारी गर्ने प्रस्ताव साधारण सभामार्फत पारित गर्न लागेको छ ।

आईपीओ निष्कासन लगायतका विविध प्रस्ताव पारितका लागि असोज १७ गते दोस्रो वार्षिक साधारण सभा बोलाएको छ । सभा ललितपुरको पुल्चोकस्थित होटल स्क्वायरमा उक्त दिन २ बजे शुरू हुनेछ ।

सभाले गत आर्थिक वर्ष ०७९/८० सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुंग्याउनेछ । 

कम्पनीको अधिकृत पूँजी र जारी पूँजी वृद्धि गर्ने भएकाले सोहीबमोजिम प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने विषय पनि सभाका लागि तय भएको छ । प्रबन्धपत्र संशोधनका लागि आवश्यक जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)