ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

काठमाडौंमा कुशको व्यापार ! [तस्वीर]

२०८० भदौ, २७  
Slider
Aarthik Abhiyan 18th Anniversary Image Not Found

काठमाडौंको वसन्तपुरमा कुशे औंसी पर्वका लागि कुश बेच्न आएका धादिङका राम प्रसाद धिताल ग्राहकको पर्खाइमा । उनले कुशको मुठा २०० रुपैयाँमा विक्री गरिरहेको बताए । 

प्रत्येक वर्ष भाद्र कृष्ण औंसीका दिन वैदिक सनातन धर्मावलम्बीले मनाउँदै आएको यो पर्व यस वर्ष बिहीवार (भोलि) परेको छ । पर्वका अवसरमा कुश घरमा भित्र्याइने गरिएको छ । यसरी भित्र्याइएको कुश वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिन्छ । वैदिक सनातनीहरूले औंसी पर्व मनाइने गरिए पनि कुशको प्रचलन भने बौद्ध र जैन धर्मावलम्बीले पनि गर्ने गरेका छन् । 

विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)