ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लक्ष्मी भ्यालु फण्ड २ को इकाई आइतवारदेखि कारोबारमा आउने

२०८० भदौ, २७  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । लक्ष्मी भ्यालु फण्ड २ को इकाई बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको ८ करोड इकाई कारोबारका लागि योजना व्यवस्थापक लक्ष्मी क्यापिटल लिमिटेडले नेप्सेमा सूचीकृत गराएको हो । 

नेप्सेले यस योजनाको इकाई LVF2 स्टक सिम्बोलमा कारोबार गर्न सकिने गरी सूचीकृत गराएको हो । बिहीवार सार्वजनिक विदा परेकाले आइतवारदेखि योजनाको इकाई कारोबार गर्न सकिनेछ ।

यस योजनाको इकाई सर्वसाधारणमा साउन ५ देखि १९ गतेसम्म विक्री गरिएको थियो । कुल इकाईमध्ये सर्वसाधारणमा ६ करोड ८० लाख इकाई विक्री गरिएको छ भने १ करोड २० लाख इकाई कोष प्रवर्द्धक लक्ष्मी सन्राइज बैंकलाई (साविक लक्ष्मी बैंक) लाई सुरक्षित गरिएको छ ।  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)