ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१० वर्षअघिको आर्थिक अभियानबाट: बल्ल क्यासिनो नियमावली बनाउन पहल

२०८० भदौ, २८  
१० वर्ष अघि
Aarthik Abhiyan 18th Anniversary Image Not Found

स्पष्ट कानून तथा नियमावलीविना नै लामो समयदेखि सञ्चालन भइरहेको क्यासिनोलाई नियमन गर्न सरकार लागेको छ । अहिलेसम्म क्यासिनो सञ्चालनसम्बन्धी अनुमति मन्त्रिपरिषद्को बैठक तथा प्रशासनिक निर्णयबाट दिने गरिएको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं प्रवक्ता लक्ष्मण भट्टराईले बताए । ‘सरकार नियमावलीको ड्राफ्ट तयारीमा जुटिसकेको छ,’ उनले भने । क्यासिनो सञ्चालनमा देखिएको अस्वस्थ प्रतिस्पर्धा रोक्न र सो व्यवसायलाई कानूनको दायराभित्र ल्याउन नियमावलीको आवश्यकता परेको भट्टराईले बताए । बाह्य पर्यटकलाई स्वच्छ मनोरञ्जन दिन खोलिएको भनिए पनि स्पष्ट कानून र नियमावलीको अभावमा गैरकानूनी रूपमा नेपालीलाई प्रवेश दिने क्यासिनो सञ्चालकलाई समेत सरकारले कारबाही गर्न सकेको छैन । यस्ता क्यासिनोले सरकारलाई तिर्नुपर्ने राजस्व पनि कतिपयले छलिरहेका छन् भने सरकारले पाँचतारे होटल परिसरमा मात्र क्यासिनो सञ्चालन गर्न पाउने भने पनि ‘गेमिड क्लब’का नाममा तीनतारे र चारतारे होटलमा समेत ‘मिनी क्यासिनो’ सञ्चालनमा रहेको छ । 

वर्ष ६, अंक ६८ सोमवार, १३ मंसिर, २०६७

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)