ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नाडा अटो शोमा टाटाका तीन गाडी सार्वजनिक

२०८० भदौ, २८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले नाडा अटो शोमा एकै पटक तीन गाडी सार्वजनिक गरेको छ । कम्पनीले शोलाई लक्षित गरी टाटा टियागो इभी, टाटा नेक्सन इभी एक्स जेट प्लस र टाटा पन्च सार्वजनिक गरेको हो ।

अत्याधुनिक जिपट्रन प्रविधियुक्त टियागो इभीमा कार्य कुशलता, प्रविधि, विश्वास, चार्जिङ र आरामदायी रहेको कम्पनीको भनाइ छ । त्यस्तै क्रुज कन्ट्रोलसहित टियागो इभीमा अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्र्यास्ट रूफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्पलगायत विशेषता रहेको बताइएको छ ।

टियागो इभीको शुरुआती मूल्य २१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । नेक्सन इभी म्याक्स एक्स जेड प्लसको शुरुआती मूल्य ४५ लाख ९९ हजार रुपैयाँ छ । त्यस्तै टाटाको ‘न्यु फरेभ’ रेञ्ज अन्तर्गतको टाटा पन्चको चार आधारस्तम्भ आकर्षक डिजाइन, विशेष कार्यक्षमता, फराकिलो इन्टेरिएर र पूर्ण सुरक्षा रहेको कम्पनीको भनाइ छ । यसको शुरुआती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ रहेको बताइएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)