काठमाडौं। नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले आफ्नो ‘फेस्टिभ स्किम २०८०’ सार्वजनिक गरेको छ । नाडा अटो शोमा सिट्रोनका गाडी बुकिङ गर्ने ग्राहकको लागि २५ हजार रुपैयाँसम्मको उपहारको व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ ।
भृकुटीमन्डपमा मंगलवारदेखि शुरू भएको नाडा अटो शोमा कम्पनीले आफ्नो फेस्टिभ स्किम पनि सार्वजनिक गरेको छ । यो स्किमअन्तर्गत सिट्रोन सि३ र विद्युतीय गाडी ईसी३ किन्न चाहने ग्राहकले नगद छूटका साथै नि:शुल्क बीमा र नि:शुल्क करको सुविधा पनि पाउने बताइएको छ । यी अफरको साथै ग्राहकले नाडा अटो शो अवधिभरि नि:शुल्क कार वासर पनि प्राप्त गर्न सक्नेछन् ।