काठमाडौं। नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकण्टिनेन्टलले हुन्डाई एक्सटर सार्वजनिक गरेको छ । भृकुटीमण्डपमा चलिरहेको नाडा अटो शोमा मंगलवार अर्थमन्त्री प्रकाश शरण महतले अनावरण गरेको उक्त गाडी अरू भेरियन्टसहित छिट्टै विक्री वितरणमा आउने बताइएको छ ।
हुन्डाई एक्सटर ५ सिटर कम्प्याक्ट एसयूभी हो । कम्पनीको मोडेल लाइनअपमा पहिलो एसयुभी हुने कम्पनीको भनाइ छ । कम्पनीले ई, एस, एक्स, एक्स (०) गरी चार भेरियन्टमा हुन्डाई एक्सटर ल्याउने बताएको छ ।